लुटपाट गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कोरोना पुष्टि


काठमाडौँ । काठमाडौंमै लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई कोरोना पुष्टि भएको छ । कपन स्थित आनी गुम्बा नजिक सस्तोमा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुटपाट गर्नेलाई कोरोना पुष्टि भएको हो ।

उनीहरु भध्ये ४ जना सिन्धुपाल्चोकका र एक जना सार्लाहीका रहेका छन् । उनीहरुले भदौ १८ गते साँझ उदयपुर चौदण्डीका निराहाङ राईलाई बुढानिलकण्ठ नगरपालिका ११ मा लुटपाट गरेका थिए ।

निराहाङले लुटपाट गरेको उजूरी दिएपछि महानगरीय अपराध महाशाखा र वृत बौद्धको टोलीले पाँच जनालाई पक्राउ गरी हिरासतमा राखेको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । अहिले पाँचै जनालाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा राखिएका छन् ।

थुुनुवा बाहेक, महानगरीय प्रहरी वृत बौद्धका १६ जना प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार