
मुगु । मुगुमा बस दुर्घटना हुँदा अहिलेसम्म २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा दुर्घटना भएको हो।
बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ३९ जना यात्रु रहेको बुझिएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको उद्दारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन्।
घाइतेलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको छ बताइएको छ ।









