एमसीसी पास गराउनेहरु आन्दोलनदेखि तर्सिए, संसद बैठक भोलिसम्म स्थगित


काठमाडौं । आज दिउँसो बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि १ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसीबारे सहमती गर्न प्रमुख प्रतिपक्षी एमाले सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि उनकै आग्रहमा बैठक स्थगित गरिएको हो ।

आजदेखि संसदमा एमसीसीबारे छलफल हुने कार्यसूची सार्वजनिक गरिएपछि त्यसको विरोधमा बानेश्वर केन्द्रित आन्दोलन चर्किएको छ ।
सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी, एकिकृत समाजवादी, जनमोर्चा, जसपा लगायत अन्य दलहरु एमसीसीको विपक्षमा रहेर सडकमा आन्दोलित छन् । यि दलहरुका साथै स्वतन्त्र रुपमा विभिन्न अभियन्ता, बिधार्थी, सर्वसाधारणहरु सयौंको संख्यामा एमसीसी खारेजीको माग गर्दै बानेश्वरमा एकिकृत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार