
काठमाडौं । नाबालिका गायिकालाई करणी गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप पाँच दिन थुनामा राख्न आदेश दिइएको छ । जिल्ला अदालत, तनहुँले आज पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा अभिनेता शाह फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेकाछन् । ति गायिकाले शाहविरुद्ध नवलपुरमा दिएको जाहेरीमा प्रहरीले अनुसंन्धान गरी हिजो जिल्ला अदालत नवलपुरमा मुद्दा दायर गरिसकेको छ ।
तनुहँ जिल्ला अदालतले शाहमाथि अनुसंन्धान गर्न भन्दै पहिलो पटक ७ दिन र दोस्रो पटक १२ दिनको म्याद थप गरेको थियो ।
नवलपुर प्रहरीले बलियो प्रमाणसहित जिल्ला अदालत नवलपुरमा मुद्दा दायर गरेकाले आरोपीत शाह हिरासत मुक्त हुने वा पुर्पक्षका लागि थुना जाने अहिले नै अनुमान गर्न नसकिने कानुनविदहरु बताउँछन् ।
भिडियो पनि हेरौ














