माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको हो- प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ मुक्त भएको बताएका छन् । आज चितवनको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुलीका माध्यमबाट हुने बताए ।

नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने मा समेत उनले जोड दिए ।

अध्यक्ष प्रचण्डले उर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्वाधारको योजना बनाउन मन्त्री तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रचण्डले आग्रह गरे ।

अध्यक्ष प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडी बढिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार