उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, अन्तिम नामावली पनि आजै प्रकाशन हुने


काठमाडौं । यहि वैशाख ३० हुने स्थानिय तह निर्वाचनका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिने आज अन्तिम दिन हो । उम्मेदवारी दर्ता गरेकाले नाम फिर्ता लिन चाहनेहरूका लागि आज बेलुकी ५ बजेसम्मको समयअवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

नाम फिर्ता गर्दा सम्बन्धित स्थानिय तहको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । नाम फिर्तापछि आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। निर्वाचनमा अधिकांस ठाउँका राजनीतिक पार्टीबाटै बागी उम्मेदवार उठेकाले बिषेशगरी उनिहरुले फिर्ता लिन सक्नेछन् । आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उठेकालाई फिर्ता लिन सम्बन्धित पार्टी नेतृत्वले निर्देशन दिदैं आएका छन् ।

सत्ता र प्रतिपक्ष गठबन्धनका विभिन्न दलहरुमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उठेका छन् । काँग्रेसभित्र बढि बागी उम्मेदवारी दर्ता भएकाले सत्ता गठबन्धन ने सकसमा परेकोछ । जसलाई फिर्ता लिन प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो एक विज्ञप्ति जारी हार्दिक अपिल गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार