
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार २ सय ५५ जनामा गरिएको परीक्षणमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देभशर थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या ८ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २ सय १५ जना कोरोना निको भई घर फर्किएका छन् ।








