
काठमाडौं । बुधबार काठमाडौंबाट धनगढीका लागि उडेको जहाज अपृय घटना हुनबाट जोगियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आज बिहान ११ बजेर ४८ मिनेटमा श्री एयरलाइन्सको जहाज ८७ जना यात्रु लिएर सुदूरपश्चिमको धनगढी उठेको थियो । तर, उठेको केहि मिनेटमै १२ बजेर ८ मिनेटमा बीचबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भयो । एउटा इन्जिन नै फेल भएपछि जहाजलाई फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको हो ।
बायाँ इन्जिनले काम नगरेपछि जहाज कर्मचारीले यात्रुलाई ‘प्रावधिक समस्याका कारण हामी बीचबाटै काठमाडौं फर्किदैछौं’ भनेर जानकारी दियो । सो जानकारी सुन्ना साथ जहाजभित्र त्रास उत्पन्न भयो भन्छन्, सोही जहाजका यात्रु नरेन्द्र बहादुर चन्द ।
अनमोलपोस्टसंग कुरा गर्दै चन्दले जहाजभित्र रहेका अधिकांस यात्रु निकै त्रसित हुँदै रोइरहेको बताए । उनकाअनुसार कोही यात्रु आफुसंग रेहका बच्चा समात्दै रोइरहेका थिए ।
‘जहाजमा समस्या आयो भन्ने सूचना जहाजका कर्मचारीले दिएपछि जहाज काठमाडौं फर्किदै गर्दा मैले के भएको रहेछ भनेर आकासमै मोवाइलमा न्युज हेर्दा थाहा भयो “जहाजको त इन्जिन नै फेल भइसकेको रहेछ”, चन्दले भने, ‘त्यसपछि मन निकै आत्तियो । मृत्युसंग प्रत्यक्ष संवाद गरिरहेको भान भयो । केहि सोच्नै सकिएन, घर परिवार सम्झे । मुटु ढुकढुक गरिरह्यो ।’
जहाज काठमाडौं फर्कि रहँदा जहाजभित्र अस्वभाविक रुपले आवाज सुनिरहेको उनले बताए । उक्त आवाजले पनि यात्रुहरु बढि आत्तिएको उनको भनाई छ ।
जहाजमा यस्तो गम्भिर समस्या आउनु एयरलायन्सको ठुलो कमजोरी र लापरवाही भएको कंचनपुर घर भएका ब्यवसायी चन्द बताउँछन् । उडानपुर्व जहाजको सम्पुर्ण चेकजाँच राम्रोसंग गरिएको भए यस्ता समस्या नआउने उनको भनाई छ । यसरी आकाशमा उडिरहेको जहाजमा एक्कासी समस्या आयो भन्ने सुन्दा जहाजभित्र रहेका कमजोर स्वास्थ्य भएका, बृद्धबृद्धा, बाल बच्च्चाहरुको स्वास्थ्यमा गम्भिर असर पर्नसक्ने चन्दले बताए । यस्ता समस्यामा सरकार पनि गम्भिर हुनुपर्ने उनको भनाई ।
भिडियो पनि हेरौं










