
मनाङ । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमाले विजयी भएको । अध्यक्षमा लोकेन्द्रबहादुर घले ३ सय २० मत ल्याएर विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।










