
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमाले विजयी भएको छ । एमालेबाट २८ वर्षीय तील बहादुर बुढाको प्यानलै विजयी भएको हो । बुढाले ६ सय ९५ मत प्राप्त गरेर विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ।
बुढाको प्यानलबाट महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भएका छन् ।










