
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिदै उनलाई भेट्ने इच्छा अधुरै रहेको बताएका छन् ।
पाँच दिने भ्रमणका लागि आज बिहान जापान पुगेका अध्यक्ष प्चण्डले नारिता विमानस्थलमा अवतरण गरेपछि सचारकर्मीहरुसँग कुराकानी गर्दै भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताएका हुन् ।
आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै अध्यक्ष प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो अधुरै रहेको बताए।
आफ्नो जापान भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूत र दूतावासमार्फत कुरो भइरहेको समयमा भएको दुखद घटनाले आफु पनि निकै स्तव्ध भएको प्रचण्डको भनाई छ । उनले आबेलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई थप अर्को हाइटमा पुर्याउनेबारे महत्वपुर्ण भेटवार्ता गर्ने इच्छा रहेको समेत बताए। अबेमथि भएके दुखद घटना बडो दुर्भाग्यपूर्ण भएको प्रचण्डले बताए। पूर्वप्रधानमन्त्री आबेको केही समयअघि जापानमा गोली हानी हत्या भएको थियो ।
संचारकर्मीसंगको भेटघाटमा अध्यक्ष प्रचण्डले जापानी पूर्वप्रधानमन्त्री आबेका परिवारलाई समवेदना व्यक्त गर्दै समय मिलेमा भेट्ने पनि बताए । प्रचण्डले आफ्नो भ्रमणका क्रममा नेपाल-जापानको सम्बन्धका साथै जापानमा रहेका नेपालीहरुको अवस्था बुझ्ने समेत बताए ।










