पशुपति क्षेत्रलाई सफा राख्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा राख्न निर्देशन दिएका छन् ।

आज बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले पशुपति क्षेत्रको सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्र खुला संग्रहालयको रूपमा रहेको भन्दै मन्त्री श्रेष्ठले सधै सफा हुनुपर्नेमा जोड दिएका छन् ।

पशुपति क्षेत्रमा भक्तजन, तीर्थयात्री, पैदलयात्री र पर्यटकलाई सहज हुने गरी सम्पुर्ण प्रबन्ध मिलाउन समेत उनले निर्देशन दिए ।

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठमन्दिर, स्तूपलगायतको निरीक्षण गरेका थिए । मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिंदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन भएको पशुपति क्षेत्र विकास समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार