
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनका कारण आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तोकिएको बैठक सूचना जारी गर्दै स्थगित गरिएको हो । नेता गिरि प्रतिनिधिसभा सदस्य पनि हुन्।
कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा रहेका कारण बैठक स्थगित गरिएको बताइएको छ ।
प्रतिनिधि सभा सचिवालयद्धारा जारी सूचनामा आज बिहान ११ बस्ने भनिएको बैठक विशेष कारण बस नसक्ने जनाएको छ ।













