विधायन समितिबाट पनि नागरिकता विधेयक हुबहु पारित


काठमाडौं। छलफलका लागि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाइएको नागरिकतासम्बन्धी विधेयक हुबहु पारित भएको छ।
आज बसेको समितिको बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको हो ।

वियेधकमा भएको नागरिकता वितरण सम्बन्धी ब्यवस्थाबारे केही असहमतीबारे छलफलका राष्ट्रिय सभाले विधायन समितिमा पठाएको थियो ।
जसउपर छलफल गर्दै समितिले हुबहु पारित गरेको हो ।

विधेयकमा नेकपा एमालेले भने लिखित अहसमति राखेको छ। यद्यपि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भएको हो । समितिले आफ्नो प्रतिवेदनसहित बिहाीबार राष्ट्रियसभाको बैठकमा पेश गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार