
काठमाडौं । नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान भेटवार्ता भएको हो।
भेटमा अध्यक्ष ओलीले भने आफ्नो नेतृत्वको सरकारका पालामा नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमामा विकास गरेको र त्यसबाट अपेक्षित लाभ हासिल गर्ने आशा गरेका बताएका छन् ।
भेटमा अध्यक्ष लीले दुई देशबीचको दुई पक्षीय भ्रमण आदान–प्रदानले परम्परागत सम्बन्धलाई नयाँ उचाइ कामय गर्ने बताएका थिए। उनले नेपालमा आगामी मंसिरमा हुन गइरहेको आम निर्वाचनको सफलतापूर्वक सम्पन्न गर्न शुभकामना पनि दिए।
उक्त शिष्टाचार भेटमा अध्यक्ष लीसंगे नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन् ।
भेटमा अध्यक्ष ओलीसंगै एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागीता थियो ।
अध्यक्ष लीले आज दिनभर उच्चस्तरीय भेटवार्ता गर्दैछन्। ओलीसँगको भेटवार्तापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। लि ले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।










