
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फुटपाथ व्यवस्थित गर्नेबारे दिएको सुझावमा काठमाडौं महानगरका मेयर बालेन शाहले जवाफ फर्काएका छन् । नेता भट्टराईले आज सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई मेयर बालेनले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका हुन्।
‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि’, बालेनले बाबुरामलाई जवाफ फर्काएका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष समेत रहेका डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नुपर्ने सुझाव दिएका थिए । नेता भट्टराईले मेयर बालेनको कामको प्रशंसा गर्दै आएका छन् ।
डा. भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘ काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने,मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर @ShahBalen
का पहल प्रशंसनीय छन्! फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्!अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ !’
काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने,मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर@ShahBalenका पहल प्रशंसनीय छन्!फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ।तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्!अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ!
— Baburam Bhattarai (@brb1954) September 16, 2022










