
ललितपुर । ललितपुरमा सत्ता वाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । आज बिहान जिल्लाको जावलाखेलमा रहेको सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको हो ।
उक्त बमलाई नेपाली सेनाको टिमले डिस्पोज गरिसकेको ललितपुर प्रहरीले जनाएको छ । आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचन विथोल्ने उदेश्य राखेका समुहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शङ्कास्पद वस्तु राखिएको अवस्तामा प्रहरीले फेला पारेको छ ।








