
काठमाडौं । निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मत खसेको जानकारी दिएको छ । आयोगले निर्वाचन सम्पन्न भइसकेको पछि पत्रकार सम्मेलनको आयोजना गरी देशभर ६१ प्रतिशत मतदान भएको जानकारी दिएको हो ।
यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ ।
आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरेको छ । आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ ।










