
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं ४ बाट अत्याधिक मतले विजयी भएपछि संचारमाध्यमलाई प्रतिकृया दिदैं उनले अबको प्रधानमन्त्रीका रुपमा आफुलाई प्रस्तुत गरेका हुन् ।
उनले देशले स्थिर सरकार मात्रै नभएर नयां चालक पनि खोजेको र त्यो काँग्रेसले मात्रै दिने दावी समेत गरे ।
नेता थापाले निर्वाचनको मत परिणम आउन थालेसंगै काँग्रेसभित्र अबको प्रधानमन्त्री को बन्ने भन्ने बिषयमा बहस र छलफल सुरु भएको जानकारी दिए।
उनले चुनाव जितेलगत्तै अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा जुट्ने समेत बताए । नेता थापाले चुनावको प्रारम्भिक परिणाम हेर्दा कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्नेमा विश्वस्त रहेको समेत बताए ।
निर्वाचनको माहोल र मत परिणामले देश हाँक्ने नयां नेतृत्व खोजेको भन्दै उनले त्यो नयां नेतृत्व कांग्रेसले दिने बताए ।
काठमाडौं–४ बाट तेस्रो पटक चुनाव जितेका थापाले आफूलाई मतदाताले गरेको विश्वासमा कुनै कमी आउन नदिने विश्वास दिलाए । नेता थापाले २१ हजार ३०२ मत प्राप्त गर्दै विजयी भएक हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे।










