थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा स्थानीयद्धारा अवरोध


काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा स्थानीय बासीले अवरोध गरेका छन् । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेर अवरोध गरेका हुन् ।

सुकुम्बासी बस्तीका स्थानीयले आफुहरुको वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् । काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको थियो । तर, बस्तीका मानिसहरूले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन ।
डोजरको प्रतिकार गर्न इँट्टासमेत प्रहार भइरहेको छ । यसका साथै स्थानीयले घरेलु हतियारको समेत प्रयोग गरेका

छन् ।
यसअघि एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन) सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार