
काठमाडौं । नेकपा एकीकृत सामाजवादीको सचिवालय बैठक बस्दै छ । चुनावपछिको प्रारम्भिक समीक्षाका विषयमा छलफल गर्न बैठक अहिले केहीबेरमा पार्टी कार्यालयमा बस्न लागेको हो ।
बैठकमा चुनावको समीक्षा र पार्टीको भावी कार्यक्रम लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ । गठबन्धन गरेर निर्वाचन लडेको सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जितेको छ । साथै यसअघि चुनाव जित्ने निश्चित भएका भनिएका नेताहरु समेत पराजित बन्न पुगेका छन् ।










