
काठमाडौ । नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ। काँग्रेसको अनुशासन समितले आज एक विज्ञप्ति जारी गर्दै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो ।
जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत भनेको छ।
जारी विज्ञप्ति पढ्नुहोस











