उपेन्द्र यादले भनेः एमालेसँगको सहकार्य सकियो

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै जसपा अध्यक्ष यादवले चुनाव सकिएसंगै एमालेसँगको सहकार्य सकिएको बताएका हुन् ।

‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै एमालेसंगको सहकार्यको कोर्स पनि सकियो’, अध्यक्ष यादवले भने ।
सम्पन्न चुनावमा यादव नेतृत्वको जसपाले केही क्षेत्रमा एमालेसंग तालमेल गरेको थियो ।

संचारकर्मीको प्रश्नमा अध्यक्ष यादवले नयां सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा अहिले नै निर्णय भइनसकेको पनि जानकारी दिए । मंसिर ४ मा सम्पन्न चुनावमा अध्यक्ष यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतसँग भारी मतान्तरले पराजित भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार