सर्वोच्चमा तनावः जबराको पक्षमा प्रदर्शन गर्ने महिलाद्धारा कानुनव्‍यवसायीहरुमाथि जुत्ता प्रहार


काठमाडौं । सर्वोच्च अदालत परिसरमा तनाव उत्पन्न भएको छ । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्दै अभियन्ता तारा बरालले कानुनव्यवसायीमाथि जुत्ता प्रहार गरेकी छन् । बरालले जबराको पक्षमा प्रर्दशन गर्दै धर्नामा रहेका कानुनव्‍यवसायीहरुमाथि जुत्ता हानेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

जबरालाई दिइएको पत्र षड्यन्त्रपुर्वक र कानुन विपरीत रहेको भन्दै नेपाल बार एशोसिएसनका पदाधिकारी र काुन व्यवसायीहरुले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिइरहेका थिए ।

संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जबरालाई महाभियोग निष्प्रभावी भन्दै पत्र दिएपछि राजनीतिमा एकाएक तरंग पैदा भएको छ । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारी र कानुन व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका छन् ।

यसैबीच, सरकारका प्रवक्ता एवम् संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जबराविरुद्धको महाभियोग जिवितै रहेको र आगामी संसदले त्यसबारे छलफल गर्ने प्रतिकया दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार