
काठमाडौं । सर्वोच्च अदालतमा आज पनि अस्वभाविक दृष्यहरु देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिइएपछि सर्वोच्चमा फेरी लफडा सुरु भएको हो । बुधबार जबरालाई संघीय संसदका महासचिव डा.भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएपछि उनि सर्वोच्च आउन खोज्दा उनलाई रोक्न नेपाल बार एशोसियशन पदाधिकरी र कानुन व्यवसायीहरु सर्वोच्चको गेटमा धर्ना दिएका थिए । जुन आज पनि जारी राखेका छन् ।
कुनै अपृय घटना नहोस भन्न्का लागि सर्वोच्च गेटमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। सर्वोच्चमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमै ताला लगाएर बन्द गरिएको छ । सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर चेकजाँच पनि निकै कडा पारिएको छ ।
सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले महाअभियोग निष्प्रभावी भएको भन्दै जबरालाई पत्र दिएपछि सर्वोच्चमा तनाव उत्पन्न भएको थियो ।
जबरा निलम्वन फुकुवा प नै षड्यन्त्रपुर्वक, गैर कानुनी रहेको भन्दै कानुन व्यवसायीहरुले सोही दिन सर्वोच्च परिसरमा धर्ना दिइरहेका छन् । बुधबारको विरोध कार्यक्रममा जबराको सर्मथनमा नारा लगाउँदै अभियन्ता तारा बरालले कानुनव्यवसायीमाथि जुत्ता प्रहार गरेकी थिइन्। उनलाई प्रहरीले उनलाई पक्राउ गरेको थियो ।










