
काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मेयर बालेनको टिम हारेको छ ।
महानगर दिवसको अवसरमा आज काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिमले मेयर बालेनको टिमलाई ६—१ ले पराजित गरेको हो।
मेयर साहको टिममा मेयरसहित विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधि खेलाडी बनेका थिए भने प्रशासकीय अधिकृत अधिकारीको टिममा कर्मचारी र नगर प्रहरी सहभागी थिए ।
जनप्रतिनिधिको टिमबाट क्यापटेन बनेका बालेन खेल सकिन लाग्दा मौ मैदानमा छिरेका थिए । मेयर साह मैदान प्रवेश गर्दासम्म उनको टिमले ५ गोल खाइसकेको थियो । फुटबल हेर्न उपमेयर सुनिता डंगोल समेत कार्यक्रममा उपस्थित थिइन् ।











