
काठमाडौँ । नेकपा एमालेसहितको सात दलको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्धारा राष्ट्रपतिसमक्षा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । केहिबेरअघि सात दलका नेताहरुको जम्बो टिमसहिच प्रचण्डले शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेस गरेका हुन् ।
चुनावको सम्पुर्ण परिणाम सार्वजनिक भइसेकपछि नयां सरकार गठनका लागि राष्ट्रपति भण्डारीले एकसाताअघि दलहरूलाई आज साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् ।
काँगेससंगको सत्ता सहकार्य नहुने भएपछि प्रचण्डले एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीमा दावी पेस गरेका छन् ।











