
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई सर्मथन गरेका छन् ।
संसदीय दलको नेतामा देउवाले केहिबेरमा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । त्यसका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।
अबको प्रधानमन्त्री आफुले पाउनुपर्ने भन्दै आएका पौडेलले अन्तत सभापति देउवालाई सर्मथन गरेका हुन । दुई समुह बनाएर दलको नेता चुन्न लागेको काँग्रेसमा नेता डा. शेखर कोइराला समूहले महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाउने निर्णय गर्दै उम्मेदवारी दर्ता गर्दैछ ।











