रुकुम घटनामा ज्यान गुमाएका नवराजसहितका परिवारलाई १० लाख दिने मन्त्रिपरिषदको निर्णय


काठमाडौं । पश्चिम रुकुम घटनामा गाउँलेको आक्रमणबाट ज्यान गुमाएका नवराजसहितका परिवारलाई १० लाख दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नवराजसहित ६ जनाको परिवारलाई आर्थिक सहायता स्वरुप १०। १० लाख दिने निर्णय गरेको हो ।

गएको जेठ १० गते प्रेमीका ल्याउन जाजरकोटबाट रुकुम पश्चिम पुगेका नवराज र उनका साथीहरुलाई चौरजहारीको सोतीमा स्थानीयले आग्रमण गरी हत्या गरेका थिए । घटनामा ६ जनाको मृत्यु भएको थियो भने, १२ जना घाइते भएका थिए ।

त्यस्तै मन्त्रिपरिषद बैकठले घाइतेको उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिएका छन् ।

नवराज विक र मल्ल थरकी केटीको प्रेम सम्बन्ध थियो । दलितले आफ्नो छोरीलाई प्रेम गरेको भन्दै मल्ल थरका स्थानीयले कुटपिट गरी हत्या गरेका थिए । यो घटनाको विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति र विभिन्न तहबाट गठित समितिहरुले घटना जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेका छन् ।

घटनाका २३ जना अभियुक्तहरु पूर्पक्षका लागि थुनामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार