देश र श्रमिकको हित हुने काममा ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई मन्त्री कुँवरको निर्देशन

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । श्रम सहचारी र कान्सिलरको अभिमुखिकरण समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन  दिएका हुन् । 

अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री कुँवरले समस्यामा परेका श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै आउने गरेको बताउदै  श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिए । 

श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले  महत्वपूर्ण  भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताउए ।

त्यस्तै  उनले सम्बन्धीत देशमा काम गर्दा त्यो देशको ऐन, कानुनलाई पनि राम्रोसँग अध्ययन गरेर अरु क्रियाकलाप अगाडी बढाउन उहाँहरुलाई आग्रह गरेका छन् । 

मन्त्रालयका सचिव एकनारायण अर्यालले आफ्नो जिम्मेवारी र उत्तरदायीत्व के हो भन्ने विषयमा जानकारी लिएर काम गर्न अनुरोध गरेका छन् । त्यस्तै समन्वय र संचार, श्रमिकको अवस्था, डिमान्ड दिने कम्पनीको विस्तृत जानकारी राख्ने र ऐन कानुन बुझेर काम गर्ने विषयमा कान्सिलर र श्रम सहचारीलाई सचिव अर्यालले जानकारी दिएका थिए । ्

अभिमुखिकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगार सम्बन्धी कानुन लगायतबारे विज्ञहरूले प्रशिक्षण दिएका थिए । विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानुनी व्यवस्था छ ।

मन्त्रालयले मेलेसियाको क्वालालम्पुरको लागि भोलानाथ गुरागाई, दक्षिण कोरियाको सियोलको लागि चन्द्रकला चौलागाई ओली र कतारको दोहाको लागि टिकामणी नेउपानेलाई कान्सिलरमा नियुक्त गरेको   छ ।

त्यसैगरी श्रम सहचारीमा ताम्रराज काफ्ले आउदी अरेवियाको जेद्दा, दिलप खड्का मलेसियाको क्वालालम्पुर, गोविन्द प्रसाद आचार्य ओमान मस्कट र आविद अंसारी संयुक्त अरब इमिरेट्स अबुधाबीको लागि नियुक्त भएका छन् ।

उनीहरुलाई काउन्सिलर (श्रम) तथा सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिम मूल्यांकनबाट मन्त्रिस्तरीय निर्णयले सिफारिस गरिएको थियो ।

श्रम सहचारी र काउन्सिलरलाई मन्त्रालयले ३ दिने अभिमुखिकरण तालिम दिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार