
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर दुबैले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बन्दै उम्मेदवारी दर्ता गराएछन् ।
त्यस्तै थापाको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला र उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले समर्थन गरेका छन् । कांग्रेस संसदीय दलको नेता चयनका लागि भोली बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरूले उम्मेदवारलाई मतदान गर्छन । निार्वाचति सांसदको संख्या ८९ रहेको छ । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ जना सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्रीमा सिफरीस हुने चलन छ ।







