
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई आज काठमाडौंमा बधाई तथा शुभकामना दिँदै ओलीले चुनावमा धाँधली भएको आरोप लगाएक हुन् ।
उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सत्तागठबन्धनले धेराबन्दी, धाँधली र बुथ कब्जा गरेको समेत आरोप लगाए । आफुमाथि घेराबन्दी गरिएपनि एमालेले लोकप्रिय पाएको उनले बताए ।
‘धेराबन्दी धाँधली र बुथ क्याप्चरका बीच पनि हामी लोकप्रिय मतमा पहिलो भयौं, राज्यशक्तिको चरम दुरुपयोग भयो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो । यसका कारण कतिपय अवस्थामा एमालेको विजय खोसियो’, ओली भने ।
अध्यक्ष ओलीले निर्वाचन आयोगले पनि निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाए । चुनवामा धुलो चटाउँछौं, एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेहरुले अहिले एमाले कहाँ छ भने ख्याल गर्नुपर्ने पनि उनले बताए ।










