सत्ता गठबन्धन टुट्यो, एमाले र माओवादी मिलेर सरकार गठन हुँदै, प्रधानमन्त्रीको दावीका लागि प्रचण्ड शितलनिवासमा


काठमाडौँ । सत्ता गठबन्धन टुटेर नेकपा एमाले र माओवादी केन्द्र लगायतको संयुक्त सरकार गठन हुने भएको छ । नयां सरकार गठनका लागि अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको दावी पेश गर्न शितलनिवासमा पुगेका छन् ।
आज दिउँसो एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बालकोटमा भएको सहमतीअनुसार ओलीमा साथमा लिएर प्रचण्ड प्रधानमन्त्रीको दावी पेश गर्न शितलनिवास पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयां सरकार गठनका लागि प्रधानमन्त्रीमा दावी पेश गर्न दिएको समयसीमा आज साँझ ५ बजे सकिनै लाग्दा नयां सत्ता गठबन्धन बनेको हो ।

बोलकोटमा ओली र प्रचण्डबीच साढे २ वर्ष आलोपालो प्रधानमन्त्री हुने सहमतीअनुसार पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । सहमतीअनुसार अबको साढे दुई बर्षपछि ओलीले सरकारको नेतृत्व गर्नेछन् ।

नयां सत्ता गठबन्धनमा एमाले र माओवादीसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् । यि सातदलका १६६ सांसदले नयां सरकारको नेतृत्व गर्न प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सारेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार