पूर्वप्रधानमन्त्री देउवाद्धारा ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनेकोमा बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । सभापति देउवाले आज बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर प्रचण्डलाई बधाई दिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारको उपप्रधनमन्त्री बनाउने निर्णय भएको पनि उनले जानकारी दिए। महराले अन्य मन्त्रालयबारे टुङ्गो लगाउन अहिले ११ बस्ने बस्ने सात दलीय सत्ता गठबन्धनबाट टुङ्गो लाग्ने बताए । प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले आज अपराह्न ४ बजे शपथ लिने कार्यक्रम तय गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार