अध्यक्ष राजेन्द्र लिङदेनले भनेः ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफनो पार्टी तत्काल सरकारमा नजाने बताएका छन्। नयां गठित सात दलीय सत्ता गठबन्धनको बैठकमा सहभागी हुन संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष लिङदेनले आफूहरु तत्काल सरकारमा नजाने बताएका हुन् ।

राप्रपा सरकारमा जाने बिषयमा संचारकर्मीहरुले सोधेको प्रश्नमा उनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार