
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । उनले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु,राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ।
संसद आह्वान भएसँगै पधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले हिजो मात्रै प्रधानमन्त्री पदको शपथ लिएका थिए । उनले एमाले, रास्वपा, जसपा, नागरिक उन्मुक्ती पार्टी, जनमत पार्टी मिलेर बनेको सत्ता गठबन्धनको सर्मथनमा प्रधानमन्त्री बनेका थिए ।










