
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन कम्युनिस्ट नेता बामदेव गौतमले सुझाव दिएका छन् । आज अपराह्न एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा अध्यक्ष नेपालसहितका नेतालाई भेटेर नेता गौतमले माओवादी केन्दका अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा जान सुभाmव दिएका हुन् ।
राष्ट्रिय एकता अभियानका संयोजक समेत रहेका गौतमले भेटमा नयां बनेको सत्ता गठबन्धनमा एकीकृत समाजवादी छुट्न नहुने पनि बताए ।
एमाले माओवादीसहितको गठबन्धनमा समाजवादी छुट्यो भने त्यो ऐतिहासिक भूल पनि हुने उनको भनाई थियो । नेता गौतमले कुनै माग नराखी गठबन्धनमा सामले हुनुपर्नेमा जोड दिए ।
नेता गौतमले माधव नेपालसंग सल्लाह नगरी प्रधानमन्त्रीको दावी गर्न प्रचण्डको गल्ती भएको भन्दै अब फूलमाला लगाएर एकीकृत नेपाललाई सरकारमा लैजानुपर्ने बताए ।
नेता गौतमको सुझावमा अध्यक्ष नेपालले पार्टीमा छलफल गरेपछि मात्रै निर्णय लिने बताएका थिए । समाजवादीका एक केन्द्रिय नेताकाअनुसार प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने नहुनेबारे भोलि दिउँसो दुई बजे बस्ने बैठकबाट निर्णय लिइनेछ।










