प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो । सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णयसमेत गरेको थियो ।

सरकरले संसदमा विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने देखिएको छ । विश्वासको मत लिएपछि पचण्डलाई समर्थन गरेका केहि दलहरु पनि सरकारमा सहभागी हुने भनिरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार