आजदेखि नयांवर्ष सन् २०२३ सुरु, नेपालका प्रमुख शहरहरु झकिझकाउ


काठमाडौं । आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्षको सुरुवात गरिएको छ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष २०२३ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदैछ। विश्वभर यहि पात्रो प्रचलनमा भएक कारण पनि नयां बर्षको प्रभाव विश्वभर देखिन्छ । नयां बर्षको अवसरमा नेपालको काठमाडौ, ठमेल, बौद्ध, असन, पोखरा, धरान, बिराटनगर, लुम्बिनी लगायतका ठुला शहरहरुमा हिजो रातीदेखि नै चहलपहल छ ।

पर्यटक नगरी पोखरामा त नयांबर्षको अवसरमा सडकमै महोत्सव हुँदै आएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ विगत केहि बर्ष यतादेखि पोखरा सडक महोत्सव मनाइदै आएको छ । यि शहरहरु हिजैदेखि स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड भाड लागेको छ । नयांबर्षकै अवसरमा देशका विभिन्न ठाउँमा चर्चित कलाकार र ब्याण्डहरुले कन्र्सट समेत गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार