
काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठनले तत्काल निजामती सेवा ऐन ल्याउन जोडदार माग गरेको छ। संगठनको पुस १५ र १६ गतेको बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्न आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगठनले तत्काल निजामती सेवा ऐन ल्याउन जोडदार माग गरेको हो ।
बैठकका निर्णयहरु सार्वजनिक गर्दै संगठनले निजामती प्रशासनलाई सक्षम, प्रभावकारी र जनउत्तरदायी बनाउन तत्काल निजामती सेवा ऐन ल्याउन माग गरेको छ।
पत्रकार सम्मेलनमामार्फत संगठनको बैठकले गरेका २९ बुँदे निर्णयहरुमा मार्गनिर्देशक संघीय निजामती सेवा ऐन र स्थानिय सेवा संचालन तथा व्यवस्थापन ऐन जारी गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । निर्णयहरुमा संगठनले अस्थायी, ज्यालादारी र सेवा करारका कर्मचारीहरुलाई एक पटकलाई उमेरहद नलाग्ने गरी ऐनमा विशेष व्यवस्था गरी स्थायी गर्न र स्थायी हुन नसक्नेको हकमा जिवन निर्वाहको लागि विशेष सुविधा र रोजेको तालीमसहित ससम्मान बिदाई गरी सरकारी सेवा स्थायी कर्मचारीहरुबाट मात्रै संचालन गर्ने व्यस्थाका लागि माग समेत गरेको छ ।
निजामती राष्ट्रसेवक कर्मचारीलाई अन्यायपुर्ण समायोजनवाट उत्पन्न समस्याको न्यायपूर्ण समाधान गर्न, पूर्व अनुमानयोग्य सरुवा बढुवा प्रणाली स्थापित गर्न र जनताको सबैभन्दा नजिकको भरोसायोग्य साथी सरकारी कर्मचारी भन्ने मान्यताका साथ स्थापित गर्न संगठनले आफ्ना २९ बुँदे मागपत्रमा उल्लेख गरेको छ ।
संगठनका संयोजक मोहन कुमार घिमिरेले जनतासँग संगठनको दोहोरो सम्बन्ध स्थापित गर्न, तीनवटै तहका सरकारी सेवामा नवप्रवेश गर्ने कर्मचारीहरुलार्इ ट्रेड युनियनप्रति भरोसा जगाउन, राष्ट्रसेवकहरुको सामाजिक सुरक्षाका विविध पक्षमा ठोस कार्य गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको लागि महत्वपूर्ण भूमिकामा कर्मचारी ट्रेड युनियनलाई स्थापित गरी तीन तहका सरकारमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेट्ने सांगठनिक संरचना, निजामती प्रशासनलाई सक्षम, प्रभावकारी र जनउत्तरदायी बनाउँदै ट्रेड यूनियन आन्दोलनलाई मर्यादित र व्यवस्थित गरी नागरिक सेवा प्रवाहलाई सहज, सर्वसुलभ बनाउने संगठनको मूल्य र मान्यता अनुरुप बैठकले समसायिक निर्णयहरु गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
पत्रकार सम्मेलनमार्फत संगठनले आगामी फागुन २६ र २७ गते काठमाडौमा प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि गगन सिंह बिष्टको संयोजकत्वमा ५०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेकोसमेत जानकारी दिएको छ ।
संगठनका सार्जवनिक निर्णयहरु पढ्नुहोस :













