एकीकृत समाजवादीले पार्टी एकता र सरकारमा जानेबारे यस्तो गर्यो निर्णय


काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले पार्टी एकता, सरकारमा सहभागिता र पार्टी संचालनका बिषयमा निर्णयहरु गरेको छ । पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा सम्पन्न बैठकले कुनै पार्टीसंग एकता भन्दा पनि वामपन्थी एकता, सहकार्य वा मोर्चा हुनसक्ने निर्णय गरेको छ । त्यसका लागि निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादी सधै वामपन्थी एकता, सहकार्य र वा मोर्चा बनाउनेमा सधै तयार रहेको उनले बताए ।

बैठकले सात दलिय सत्ता गठबन्धनबाट बनेको प्रचण्ड सरकारमा सहभागि हुने नहुनेबारे बैठकले सचिवालयलाई नै जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए।

नयाँ गठबन्धन सरकारका तत्काल सहभागि हुनुभन्दा पहिले थप आवश्यक अध्ययन, छलफल गर्नुपर्ने बैठकले निश्कर्ष निकालेको उनको भनाई छ । सरकारका नीति तथा कार्यक्रम हेरेर त्यसका आधारमा सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्न पार्टी केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिइएको उनले बताए ।

साथै बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण र विस्तारका साथै पार्टी सदस्यता वितरणलाई अभियानकै रूपमा अघि बढाउन सचिवालयले कार्ययोजना बनाउने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार