कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबासँग प्रधानमन्त्रीको भेट


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन्। बिहीबार पाण्डेका बुवालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई प्रधानमन्त्रीले भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै उहाँले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुवा अग्निलाई आग्रह गरेका छन् ।

झापा घर भएका पाण्डेको कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी पुष १५ गते मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार