बृहत बाम एकताका लागि माओवादीद्धारा महराको नेतृत्वमा कार्यदल गठन


काठमाडौं । नेकपा माओवादी केन्द्रले बृहत बाम एकताका लागि भन्दै कार्यदल गठन गरेको छ । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएको गठन गरेको हो । कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य रहेका छन् । कार्यदलले बृहत बाम एकताको पहल गर्ने माओवादीले बताएको छ ।

यस्तै माओवादीको चुनाव चिन्ह लिएर लडेको डा. बाबुराम भटट्राई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) संग एकताको पहल भइरहेको प्रवक्ता महराले बताए । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच पार्टी एकता गरेर जाने बिषयमा पनि नेताहरुबीच छलफल भइरहेको बताइन्छ ।

माओवादीले एक विज्ञप्ति जारी गर्दै पुस २६ गते संसदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्रदान गर्न समेत सम्पुर्ण दल तथा स्वतन्त्र सांसदहरुलाई आग्रह गरेको छ ।

जारि विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार