सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


काठमाडौं । सात दलिय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री एवम् रास्वपा सभापति रबि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके रावत लगायतको सहभागिता छ ।

बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेगरी नेताहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
बैठकमा विस्वाशको मत, प्रदेश सरकार गठन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार