
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । आज प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टाचार छानबिनमा सरकार कटिवद्ध रहेको बताएका हुन् ।
‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ, गृहमन्त्रीले लामिछानेले भने ।
उनले भ्रष्टाचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए । उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए । गृहमन्त्री लामिछाने कुनै पनि अपराधको छानविनमा आफ्ना मान्छे छुटाउन दवाब नदिन उनले आग्रह पनि गरे ।
‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला, उनले भने । विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए ।










