
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वसको मत माग्न काँग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् । आज साँझ देउवा निवास पुगेका प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने देउवाले आश्वासन दिएका छन् । मत दिने बिषयमा भोली बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले मात्रै आधिकारीक निर्णय गर्ने काँग्रेस स्रोतले बताएको छ । प्रचण्डले भोली बिहान ११ बजे प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।











