
काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवोन गर्दै विश्वासको मत मागिरहेका छन् । सवोधनमा उनले आफ्ना अघिल्ला दुई कार्यकालमा देशको आर्थिक बृद्धीदर उच्च बिन्दुमा पुर्याएको, किसानका रिण माफी गरेको, लोडसेडिङ अन्त्य गरेका लगायतका प्रमुख काम गरेको र यस पटकको प्रधानमन्त्री कार्यकाललाई विशेष बनाउने गरी योजना रहेको बताए ।
उनले विस्वासको मत पाएर पुर्ण कार्यकाल देशको नेतृत्व गर्न पाए जनताले सम्झिन लायक काम गरेर देखाउने आश्वासन दिए
प्रचण्डलाई सत्ता गठबन्धनका एमाले, रास्वपा, जसपा, जनमत, राप्रपा लगायत काँग्रेसले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
त्यस्तै, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् ।
प्रचण्ड यही पुस १० गते सात दलका १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार आज उनले संसदमा विश्वासको मत लिइरहेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।










