मन्त्रिपरिषद् विस्तार, १२ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ


काठमाडौं । सरकारका नयां मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै १२ मन्त्री र ३ जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन्।

नयांमन्त्रीमा एमालेबाट ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, रास्वपा र राप्रपाले ३/३ र जनमतले एउटा मन्त्रालय लिएको पाएको छ । माओवादी, रास्वपा र राप्रपाले १/१ राज्यमन्त्रीका रुपमा शपथ लिएका छन् ।

नयां मन्त्रीमा माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा शपथ लिएका छन् । मओवादीबाटै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्रीमा शपथ लिएका छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट मन्त्रीमा डा. विमला राई पौडेल परराष्ट्र र पदम गिरी स्वास्थ्य मन्त्री, हरि उप्रेती रक्षा र  भगवती चौधरीले  महिला बालबालिका मन्त्रीमा शपथ लिएका छन् ।

राष्ट्रिय प्रजात्नत्र पार्टीबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्री, बिक्रम पाण्डे सहरी विकास र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधानले शपथ लिएका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम र शिशिर खनालले शिक्षा मन्त्रीमा शथप लिएका छन् ।
यस्तै तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा शथप लिएकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार