रास्वपाकी सोविता गौतमको प्रस्तावमा इन्दिराको उपसभामुखमा उम्मेदवारी दर्ता


काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

आज दिउँसो रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव र नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थकमा रानामगरले उम्मेदवारी दर्ता गराएकी हुन् । रास्वपाभित्र उपसभामुखमा गौतमको चर्चा भएपनि अन्तिममा उनैको प्रस्तावमा रानामगरको उम्मेदवारी दर्ता भयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार