वैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा मतदान चल्दै


काठमाडौ । वैदेशिक रोजगार ब्यवसायी संघको २९औ साधारण सभामा अहिले नयां नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित एक होटलमा जारी मतदानमा कुल ६९२ मतदातामध्ये ४५० मतदाताले मत खसालेको निर्वाचन अधिकृत रिसी शर्माले अनमोलपोस्ट डटकमलाई जानकारी दिए ।

मतदान शान्तपुर्वक भइरहेको र अबको करिब एक घण्टापछि मतदान सम्पन्न भई मत गणना प्रकृया सुरु हुने डा. इश्वर जि.सी प्यानलका चुनाव प्रचार प्रसार समिति संयोजक रामप्रसाद भन्तनाले जानकारी दिए । निर्वाचनमा डा. इश्वर जि.सी, राजेन्द्र भण्डारी, मुकुन्द खनाल र भुनव सिंह गुरुङ गरी चारवटा प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार